Tuesday, June 18, 2013

सस्तो मूल्यका आइफोन आउने ?


क्यालिफोर्निया — अमेरिकी स्मार्टफोन निर्माता एप्पलले आइफोनलाई आम प्रयोगकर्ताबीच पुर्‍याउने तयारी गरिरहेको छ। ५ - ६ रंग र सस्तो मूल्यमा आइफोनलाई आम प्रयोगकर्ताबीच लाने तयारी एप्पलले गरेको हो। कोरियाली फोन निर्माता सामसङले विश्व स्मार्टफोन बजारको ठूलो हिस्सा ओगट्दै गएपछि एप्पलले आम उपभोक्ताका लागि स्मार्टफोन बनाउन लागेको हो।

सामसङका स्मार्टफोन मोडलको संख्या धेरै छ। तर एप्पलले भने आइफोनो अपडेटेड मोडललाई मात्र बजारमा पठाउँदै आएको छ।

समाचार संस्था रोयटर्सका अनुसार आइफोनको स्क्रिन साइज बढाउनका लागि पनि एप्पलले काम गरिरहेको छ। 'कम्तिमा दुई ठूला आकारका आइफोन सार्वजनिक गर्न एपल्लले काम गरिरहेको छ', रोयटर्सले भनेको छ- आइफोनका कम्तिमा दुई मोडलको स्क्रिन साइज ४.७ र ५.७ इञ्च ठूलो बनाउने काम भइरहेको छ।' गत सेप्टेम्बरमा एप्पलले ल्याएको आइफोन फाइभको स्क्रिन साइज ४ इञ्च मात्र छ। प्रतिस्पर्धी सामसङले ५.५ इञ्च साइजमा ग्यालेक्सी एसफोर र ग्यालेक्सी नोट टू ल्याएपछि साइज बढाउन एप्पललाई दवाब बढेको हो। ठूलो स्क्रिनका कारण सामसङ ग्यालेक्सी लोकप्रिय बनेको बुझाइ एप्पलको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment