कुवेत (एएफपी), असार ३ - कुवेतको संवैधानिक अदालतले गत डिसेम्बरमा भएको तथा प्रतिपक्षले बहिष्कार गरेको संसदीय निर्वाचन आइतबार बदर गरिदिएको छ । राजावादीको बाहुल्य भएको वर्तमान संसद्लाई प्रतिस्थापन गर्न नयाँ निर्वाचन गर्नका लागि पनि अदालतले आदेश दिएको छ ।
निर्वाचनलाई बदर गरिए पनि उक्त निर्वाचन गराउने विवादास्पद निर्वाचन कानुनलाई भने अदालतले सदर गरिदिएको छ । यस अदालतको निर्णय कुवेतमा अन्तिम मानिन्छ ।
अदालतको निर्णय इजलासमा अध्यक्षता गरिरहनुभएका न्यायाधीश युसेफ अल-मुतावाहले पढेर सुनाएका थिए । कुवेतका अमिर, शेख सबाहल अल-अहमद अल-सबाहले गत अक्टोबरमा विवादास्पद निर्वाचन कानुन संशोधनका लागि आदेश जारी गरेका थिए । कुवेतमा सन् २००६ देखि चलिरहेको विवाद यस संशोधनका कारण अझै गहन भएको थियो । यसका कारण सडक प्रदर्शन भएको थियो भने केही प्रदर्शन हिंसात्मक भएका थिए ।
सन् २००६ मा संशोधन गरिएको कानुनमा एक मतदाताले चार उम्मेदवारलाई मत दिन पाउँथे भने हालको कानुनअनुसार केवल एक उम्मेदवारलाई मात्र मत दिन पाउनेछन् ।
इस्लामी, राष्ट्रवादी तथा सुधारवादी प्रतिपक्षी समूहले अमिरको आदेश असंवैधानिक भएको र त्यसले सरकारलाई निर्वाचनको नतिजा तथा कानुनलाई आफूखुसी हेरफेर गर्न सहयोग गरेको आरोप लगाएका छन् ।
Thursday, June 20, 2013
कुवेतमा निर्वाचन बदर
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment