Thursday, June 20, 2013

पार्टीपिच्छे अनुकुल निर्वाचन असम्भवः सिटौला

धादिङ , असार ६ -
संविधानसभाको दोस्रो निर्वाचन मंसिर ४ गते नै हुने नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन् ।
नेपाल प्रेस युनियन धादिङले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिटौलाले सरकारले तोकेको मंसिर ४ को समयमा नै निर्वाचन हुने ठोकुवा गरेका हुन् ।
निर्वाचनको विकल्प नभएको बताउँदै सिटौलाले आन्दोलनरत दलहरु पनि निर्वाचनमा आउने विश्वास गर्दै भने, ‘सबैले आफ्नो पार्टी अनुकूल निर्वाचन खोजेका छन्, जुन सम्झव छैन ।’
पत्रकारसँगको जिज्ञासामा महामन्त्री सिटौलाले एमाओवादीको एजेण्डामा काँग्रेस निहिँडेको बताए । प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको प्रस्ताव लैजान एमाओवादीको छट्टु चाल भएको बताउँदै एमाओवादीको एजेन्डामा हिँडेको भए उनीहरका प्रधानमन्त्रीबाट भट्टाई फ्याक्ने एजेन्डा त पक्कै बनाएनन् होला भनेर प्रतिप्रश्न गरेका थिए ।
काँग्रेसभित्र देखिएको विवाद सामान्य भएकाले निर्वाचनसम्म त्यो समाधान भइसक्ने उनले बताए । नेपाली काँग्रेस निर्वाचनको पक्षमा रहेको बताउँदै सिटौलाले लोकतन्त्रको रक्षाका निम्ति निर्वाचन अपरिहार्य भएको बताएका थिए ।
नेपाली काँग्रेस धादिङका नेता हसिप्रसाद सिमखडाको १५ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न आइपुगेका नेता सिटौलाले हरिप्रसाद सिम्खडाको व्यक्तित्वको चर्चा गर्दै उनले देखाएको असल बाटोमा हिँड्ने काँग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।
काँग्रेस वागमती समन्वय समितिका सदस्य समेत रहेका सिम्खडाको श्रद्धाञ्जली सभामा काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी लगायतले नेता सिम्खडाले लोकतान्त्रिक आन्दोलन, सामाजिक विकास र साहित्यिक विकासमा पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा स्वर्गीय सिम्खडाका पुत्र निराजन सिम्खडाले आफ्ना पिताको सपना पूरा गर्ने अठोट व्यक्त गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment