Thursday, June 20, 2013

इरानमा इन्टरनेट फिसिङ बढ्यो

- इरानका इमेल प्रयोगकर्ताहरुलाई लक्षित गरेर पठाइएका फिसिङ मेल (कसैलाई फसाउन गरिने झुटा इमेल) लाई आफूले रोकेको गुगलले जनाएको छ ।
शनिवार इरानमा हुन लागेको राष्ट्रपति चुनाव अघि इन्टरनेटमा फिसिङ ह्वात्तै बढेको गुगलले जनाएको छ । गएको ३ हप्ता भएका फिसिङको समय र लक्षित व्यक्ति हेर्दा यी फिसिङको कुनै राजनीतिक उद्देश्य हुन सक्ने अनुमान गरिएको छ ।
गुगलका अनुसार हमलाका शिकार भएका व्यक्तिहरुले गुगलको नाममा एउटा इमेल पाउँछन् । इमेलमा एकाउन्ट मेनटेनेन्सको लागि भनेर एउटा वेव लिंक हुन्छ जसमा क्लिक गर्नाले प्रयोगकर्ताहरुको पासपोर्ट र गोप्य जानकारी लिक हुन्छ ।
यस्तै फिसिङ हमलाकर्ताले इमेल प्रयोगकर्ताहरुलाई नक्कली वेभसाइटमा लगेर उनीहरुको इमेल पासवर्ट र अरु गोप्य जानकारी लिने गरेको पाइएको छ ।
गुगलका अनुसार यी सबै हमलाहरु इरान भित्रैबाट आएका हुन् ।
‘गएको ३ हप्तादेखि हामीले १० हजार भन्दा धेरै इरानी इमेल प्रयोगकर्ताहरुलाई फिसिङ गर्ने मनसायका साथ इमेल पठाएको पाएका छौं’, गुगलका सेक्युरिटी इन्जिनियर इरिक ग्रोसले भन्नुभयो ‘हमलाको समय र लक्षित प्रयोगकर्ता हेर्दा यी राजनितिक उद्देश्यका साथ गरिएको हमला देखिन्छ । यी हमलाको इरानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनसँग पनि सम्बन्ध हुन सक्छ ।’
गुगलले यी जानकारी सार्वजनिक गर्दै इरानी इमेल प्रयोगकर्ताहरुलाई आफ्नो इमेलको सुरक्षामा विषेश ध्यान दिन आग्रह गरेको छ ।
सन् २००९मा राष्ट्रपति मोहमद अहमदिनेजाद विवादास्पद रुपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि शनिवार इरानमा पहिलो पटक निर्वाचन हुन लागेको छ ।
चुनाव घोषण भए लगत्तै इरानी मतदाताहरुले राष्ट्रपति अहमदिनेजादले धाँधलीका साथ निर्वाचन जित्ने प्रयास गरेको आरोप लगाउदै आएका छन् ।
- एजेन्सीको सहयोगमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment