सामाजिक सञ्जाल फेसबुकले अमेरिकी सरकारका विभिन्न निकायबाट हरेक महिना औसतमा १५ सय जना प्रयोगकर्ताको डाटा माग हुने गरेको जनाएको छ ।
अमेरिकाको नेशनल सेक्यूरिटी एजेन्सीका पूर्व कम्प्यूटर प्राविधिकले संस्थाले ईन्टरनेट प्रयोगकर्ताका डाटा संकलन गर्ने गरेको जानकारी सार्वजनिक गरेपछि फेसबुकले यसबारे स्पष्ट पारेको हो ।
फेसबुकका अनुसार सन् २०१२ को पछिल्लो ६ महिनामा ९ देखि १० हजार प्रयोगकर्ताका डाटा माग गरिएका आग्रह कम्पनीलाई प्राप्त भएको थियो ।
अमेरिकी गुप्तचर संस्थाले ईन्टरनेट सेवा प्रदायकबाट प्रयोगकर्ताका सबै डाटा लिने गरेको सार्वजनिक भएपछि फेसबुकले यस्तो बताएको हो ।
फेसबुकले बेपत्ता बालबालिका, फरार अभियुक्त, सानातिना आपराधिक गतिविधि र आतंकवादी आक्रमणको खतरासँग सम्बन्धित घटनाको अनुसन्धानका लागि सूचना माग हुने गरेको जनाएको छ ।
अमेरिकी संस्थाले माग गरे अनुसार डाटा दिए/नदिएको स्पष्ट नपारेपनि फेसबुकले आफ्ना प्रयोगकर्ताबारेको सम्पूर्ण जानकारी र गोपनियताको पूर्ण सूरक्षा गरेको दावी भने गरेको छ ।
केही आग्रहलाई सिधै अस्वीकार गर्ने या केही आग्रहमा माग गरेभन्दा कम मात्रै डाटा दिने गरिएको पनि फेसबुकले जनाएको छ ।
(एजेन्सीको सहयोगमा )
Thursday, June 20, 2013
फेसबुकको डाटा माग्नेमा अमेरिका अगाडि
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment