यसैसाता जारी अध्यादेशअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उमेद्वारले ३ हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ । यसका लागि २ सय ४० चुनावक्षेत्रमा कुल धरौटी ७ लाख २० हजार रुपैयाँ लाग्छ । त्यसैगरी समानुपातिकतर्फ प्रति दल १० हजार धरौटी राख्नुपर्छ । निर्वाचन प्रचार प्रसारमा कति खर्च गर्ने भन्ने समेत निर्वाचन आयोगले तोके बमोजिम गर्नुपर्ने हुन्छ । आगामी चुनावमा कति खर्च गर्ने भन्ने सिलिङ निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गर्दछ ।
विगतको सिलिङलाई आधार मान्ने हो भने प्रत्यक्षतर्फको एकजना उमेद्वारले आफ्नो चुनावक्षेत्रमा ४ लाख ५९ हजार ५ सय रुपैयाँ खर्च गर्न पाउँछ । यही आधारमा २ सय ४० क्षेत्रमा उमेद्वारी दिने दलले ११ करोड २ लाख ८० हजार खर्च गर्न पाउँछ । यसमा धरौटी वापतको ७ लाख २० हजार जोड्ने हो भने ११ करोड १० लाख उटा दलको खर्च हुन्छ । यो त भयो, निर्वाचन आयोगले तोकिदिएको न्युनतम खर्च । तर, दलहरुले आयोगलाई छल्दै आचारसंहिता उल्लंघन गरेर बढी नै तडक-भडक गर्ने, कार्यकर्तालाई भोज खुवाउने र कुनै-कुनै दलले मतदातालाई खरिदसमेत गर्ने हो भने यति खर्चले चुनाव टार्न दलहरुलाई गाह्रो हुन्छ ।
नेपाली कांग्रेस र राप्रपा लगायतका दलका केही उमेद्वारहरुले चुनावमा आफ्नो क्षेत्रमा ५ लाखसम्म निजीरुपमै खर्च गर्न सक्ने सम्भावना भए पनि कम्युनिष्ट पार्टीका उमेद्वारले आफ्नो निजी सम्पत्ति जोगाएर पार्टीको मुख ताक्ने चलन छ । यो अवस्थामा सबैभन्दा बढी खर्चको भार एमाओवादीलाई पर्ने देखिन्छ । विगतको चुनावमा एमाओवादीका सबै उमेद्वारको खर्च पार्टीले नै ब्यहोरेको थियो । ‘यसपालि चाँहि केही खर्च उमेद्वार आफैंले गर्न सक्ने भएका छन् ।’ एक एमाओवादी नेता भन्छन्-’ तर यति ठूलो चुनावी खर्छ जोहो गर्नु पार्टीका लागि निकै चुनौतीपूर्ण छ ।’
Saturday, June 22, 2013
कति चाहिन्छ एउटा पार्टीलाई चुनाव खर्च ?
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment