‘केही केटीहरु हुन्छन् जसले बलात्कारमा पर्दा मज्जा लिन्छन् ।’ यो भनाई कुनै उरेन्ठेउला युवकहरुको होइन । एकजना जिम्मेवार न्यायमूर्ति अर्थात् न्यायाधीशको हो । बलात्कारमा परेका महिलालाई न्याय दिनुको साटो उल्टै बलात्कारमा पर्नु भनेको महिलाले यौनको मज्जा लिनु हो भनेर न्यायाधीशले भनिदिए भने के होला ? यस्तै भएको छ, इजरायलमा । इजरायलको तेल अविव स्थित जिल्ला अदालतका एक न्यायाधीश आफ्नो यस्तै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।
बहसको क्रममा ती किशोरीका वकिलले घटनाको परिस्थितिजन्य अवस्थाको कारण उनलाई आतंकवाद पीडितको रुपमा हेरिनुपर्ने जिकिर गरेपछि न्यायाधीशले चर्को स्वरमा भनेका थिए, यहाँ केही केटीहरु छन् जो बलात्कृत हुँदा पनि मज्जा मान्छन् । संयुक्त इजलासमा एक न्यायाधीशले त्यसो भनेपछि अरु न्यायाधीश पनि केहीबेर चुप भए र इजलाशमा सन्नाटा छायो । ती न्यायाधीशले नियतवस त्यस्तो नभनी जिब्रो चिप्लिएर त्यसो भनेपछि उनी रातोपिरो भए । उनले आफ्नो वचनले पीडितलाई परेको पीडाप्रति क्षमता पनि मागे र अदालतले समेत विज्ञप्ती जारी गर्दै नियतवस त्यसो नभनिएको बतायो । ती न्यायाधीशले अवकाश पनि पाइसकेका छन् र उनलाई स्पष्टीकरण सोधिएको छ ।
from nayanews.net







0 comments:
Post a Comment