काठमाडौ, असार ५ – नेपाल प्रहरीमा प्रहरी निरीक्षक र प्रहरी जवानका लागि नयाँ भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले सुचना निकाल्दै १ सय ३८ प्रहरी निरीक्षक र ६ हजार १ सय जवानका लागि भर्ना खुल्ला गरेको हो ।
प्रहरी निरीक्षकमा खुल्लातर्फ ७६ र समावेशी समूह तर्फ ६२ जना तथा प्रहरी जवानतर्फ खुलामा ३ हजार ३ सय ५५ र समावेशीमा २ हजार ७ सय ४५ जनाका लागि दरखास्त आव्हान गरिएको छ ।
इच्छुक व्यक्तिले १ महिनाभित्र आफूलाई पायक पर्ने देशका ५ विकास क्षेत्रमा रहेका तालिम केन्द्रहरुमा आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।
प्रहरीमा भर्नाको सूचना डाउन लोड गर्न तलको बक्समा क्लिक गर्नुहोस







0 comments:
Post a Comment