एजेन्सी । मान्छेको पनि पुच्छर पलायो भन्दा सायद धेरै मानिसहरू अचम्ममा पर्छन्, यो कसरी हुन्छ भन्ने सोच्छन् र हुनै सक्दैन भन्ने तर्क पनि गर्छन् होला । तर, चीनमा एक बालकको करिब १० सेन्टिमिटर लामो पुच्छर पलाएको छ ।
चिकित्सकहरूका अनुसार यो शरिरमा हुनुपर्ने विकासको प्रक्रियामा गलत प्रक्रियाको प्रवेश भएको हो । स्पाइनल कर्डको विकासका क्रममा बालकको शरिरबाट फरक ठाऊँमा विकसित हुँदा यस्तो भएको चिकित्सकहरुको भनाई छ । स्पाइनल कर्डको विकासको कार्य र अवस्थिति गर्भ रहेको १ महिनादेखिनै निर्माण हुने गर्छ । यस क्रममा स्पाइनल कर्डलाई शरिरको हाडले राम्रो सँग समेट्न नसक्दा बालकको शरिरमा पुच्छर जसरी स्पाइनल कर्डको विकास भएको चिकित्सकहरूको भनाई छ ।







0 comments:
Post a Comment