Monday, June 24, 2013

निर्वस्त्र भएर सुत्नाले व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा

तपाइँ रातमा सुत्दा लुगा फुकाल्ने गर्नुहुन्छ की हुन्न ? सायद बाहिरी कपडा फुकालेपनि भित्री लुगा चाहीँ फुकाल्नुहुन्न होला ।
बाहिरी लुगा समेत नफुकालीकन सुत्दाखेरी सुत्न अप्ठेरो हुने र निद्रा नपर्ने भएकाले भित्री लुगा वा नाइट डेस लगाएर सुत्ने चलन हुन्छ । तर विज्ञहरुले भने सुत्दाखेरी भित्री वस्त्र समेत खोलेर निर्वस्त्र सुत्ने गरेमा त्यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने बताउँछन् ।
विज्ञहरुका अनुसार निर्वस्त्र भएर सुत्नाले व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा पुग्छ । निर्वस्त्र सुताई व्यक्तिको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि समेत उपयोगी हुने बताइन्छ । विज्ञहरुका अनुसार महिलामा यौन रोगको जोखिम कम गर्न निर्वस्त्र सुताइ निकै फलदायी हुन्छ । खासगरी गुप्तांगमा हुने विभिन्न खालका संक्रमणको खतरा कम गर्न र गुप्तांग स्वस्थ राख्नका लागि निर्वस्त्र रुपमा सुत्नु आवश्यक हुने विज्ञहरुको ठम्याइ रहेको छ । निर्वस्त्र रुपमा सुत्दा महिलाको गुप्तांग हुने ढुसी तथा ब्याक्टेरियाको संक्रमण नियन्त्रण हुन्छ ।
निर्वस्त्र सुत्नुको अर्को फाइदा भने मिठो निद्रा पर्नु हो । निर्वस्त्र सुताइले तपाइँलाई निद्राका बेला सितलता प्रदान गर्छ जसका कारण तपाइँलाई अझ गहिरो र मीठो निद्रा पर्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment