Sunday, June 23, 2013

डल्फिन मृत फेला

झापा- झापाको महेशपुर गाविस वडा नं २ स्थित मेची नदीको बगरमा आज दुर्लभ माछा डल्पि्कन मृत फेला परेको छ। सात फिट तीन इन्च लामो डल्पि्कनलाई बिहान गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय चन्द्रगढीबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले मेचीको बगरबाट मृत डल्पि्कनलाई भ्यानमा हालेर सदरमुकाम ल्याएको प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले बताए।
कतै चोट नलागेको मृत डल्पि्कन मेचीको बगरमा कसरी आयो भन्ने बारेमा सबै अचम्भित भएका छन्। हाल डल्पि्कनलाई जिल्ला वन कार्यालय चन्द्रगढीमा राखिएको छ।रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment