Monday, June 17, 2013

भुत प्रियंका


पपुलर डेब्यू अभिनेत्री अवार्ड प्रियंका कार्कीका लागि ढिलो भयो किनभने यो अवार्ड पाउने अवस्थासम्म आइपुग्दा उनी पपुलर हिरोइनकै क्याटगोरीमा प्रतिस्पर्धा गर्ने भइसकेकी थिइन्। एउटै फिल्म हिट नहुँदा पनि 'पपुलर' भएकी अभिनेत्री हुन् उनी। अभिनय गरेका तीनटै फिल्म फ्लप भए पनि उनलाई कामको खाँचो छैन।

फरक–फरक भूमिका पाइरहेकै छिन्। यिनै प्रियंका कार्की सोमवार मण्डला थिएटरमा भेटिइन्। केही वर्ष अमेरिकाको हावापानी चाखेकी उनी 'सुन्तली' पहिरनमा थिइन्। यतिबेला बन्दीपुरकी सुन्तलीको भूमिका निर्वाह गरिरहेकी उनी सुटिङ छाडेर भूत हुनका लागि आएकी थिइन्। सुवास कोइरालाले निर्देशन गर्ने फिल्म 'आवरण'मा मुख्य भूमिका भएकी उनी भड्किएको आत्मा भएर अभिनय गर्दै छिन्। असफल फिल्मकी सफल हिरोइन उनी भन्छिन्, 'आफ्नो तर्फबाट राम्रो गर्नुपर्छ। त्यसैले अहिले भड्किएको आत्माद्वारा सताइएको मान्छेहरूलाई भेट्ने कोसिस गर्दै छु।' आफैँले अभिनय गर्ने भुतचाहिँ कहाँ भेट्छिन् कुन्नि!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment