Monday, June 24, 2013

११ वर्षे बालक बुवा बन्दै

एजेन्सी । संसार विचित्रको रहेको छ । त्यसमा पनि अचम्म,अचम्मको घटना सुन्न पाईन्छ । भर्खरै मात्र एउटा यस्तो घटना सार्वजनिक भएको छ जो कोहीलाई पत्याउन कठिनै पर्ला । न्यूजिल्याण्डमा एक ११ बर्षका बालक बुवा भनेका छन् । तर बच्चाको आमाको उमेर भने ३६ बर्ष रहेको छ ।

घटनाको खुलासा कसरी भयो भने जब एक प्राइमरी स्कूल रहेका यी बालकले यस कुराको जानकारी आफ्ना हेटमास्टरलाइ गराएका थिए । त्यसपछि उनले यस सम्बन्धमा प्रहरी, बाल, युवा तथा परिवार सेवा (सीवाईएफएस)लाइ सूचित गरिदिए ।
सीवाईएफएसका एक प्रवक्ताले पनि यस घटनाको पुष्टि गरेका छन । सीवाईएफएसले यस घटनामा ती महिलाले उक्त आपराधिक आरोपहरूको सामना गरिरहेको बताएको छ ।
अक्ल्याण्ड बस्ने यी बालक अब १२ बर्षका भएका छन । तर जुन बेला यी बालकले ती महिलाका साथमा अबैध सम्बन्ध राखेका थिए । त्यतिबेला उनको उमेर ११ बर्षको थियो ।
समाचारको अनुसार सेक्सका लागी ती महिलाले उक्त बालकमाथि दबाव दिएका थिए, त्यसपछि उनी गर्भवती भएको हुन सक्ने अनुमान गरिएको छ । न्यूजील्याण्डमा सन २००८ मा जन्मिएका ११ जना बालबालिकाहरूका बाबुको उमेर १५ बर्ष भन्दा कम रहेको थियो । त्यसैगरि सन २००६ मा एक बालिका ११ बर्षको उमेरमा आमा बनेकी थिइन ।

न्यूलील्याण्डमा गत बर्ष एक ४५ बर्षीकी एक महिलालाइ १५ बर्षका बालकसंग सेक्स गरेको कुरा प्रकासमा आएपछि २२ महीनाको सजायँ सुनाईएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment