४ असार, काठमाण्डौं । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको देहान्तभएपछि पार्टी उत्तराधिकारीको सन्देश दिन उत्तिबेला उनी बस्दै आएको घरमा तत्कालीन कार्यबाहक सभापति सुशील कोइरालालाई सारियो । अहिले चार बर्षपछि फेरि सुशील कोइराला डेरा सर्ने विषयलाई लिएर विवाद देखिएको छ ।
अहिलेचाँही सुजाता पनि सुशीललाई सशांक निवास सार्न राजी भएकी छन् । सशांक निवास सार्ने विषयमा शेखर कोइरालासमेत सहमत छन् । अहिले कोइराला परिवारभित्र शेखर र सुजाताको त्यति मिल्ती नभए पनि सशांक दुबैको समदूरीमा छन् । शेखर र सुजाता दुबै संशाकको घर जाने गरेको नागरिक दैनिकमा खबर छ ।
यस पटक डेरा सर्ने विषयमा कोइराला परिवार बाहिरबाट विवाद देखिएको छ । सुशीलका सहयोगी लक्ष्मण ढकालका कारण उनलाई डेरा सार्न तानातानी छ । महाधिवेशनको साढे दुई बर्षपछि सभापति कोइरालाले पार्टीका विभागहरुलाई पूर्णता दिएलगत्तै डेरा विवाद देखिएको हो ।
0 comments:
Post a Comment