ताप्लेजुङ, असार ९ । ताप्लेजुङमा जिल्ला बन कार्यालयकै मिलेमतोमा काठको अबैध निकासी पैठारी हुने गरेको खुलेको छ । प्रहरीले प्रतिवन्धित सालको काठ काट्नका लागि तयारी अबस्थामा राखेको फेला पारेपछि बन कार्यालयकै मिलेमतोमा काठको अबैध निकासी पैठारी हुने गरेको खुलेको हो ।

कञ्चनजंघा सशस्त्र प्रहरी गुल्मबाट खटिएको टोलिले नाङ्खोल्याङ्ग ४ स्थित सेसम्बुबाट गएराती ५२ क्यूफिट सालको काठ बरामद गरेको हो । स्थानीयवासिन्दाले जिल्ला बन कार्यालयका कर्मचारीकै मिलेमतोमा सो क्षेत्रमा सालका रुख काटिएको जनाएका छन् ।
उता, पाँंचथरका दक्षिणी गाविसका आधा दर्जन बढी सामुदायिक वनमा पनि ब्यापक फडानी भएको छ । अतिकेथा, डाँंडा सल्लेरी, यासोक, सराङडाँंडा, मौवा र लिम्वालगायतका गाविसमा रहेका सामुदायिक बनमा बन कर्मचारीकै मिलेमतोमा बन फडानी भएको स्थानियवासीको आरोप छ ।
imagechannel bata sabhar
Sunday, June 23, 2013
बन कार्यालयकै मिलेमतोमा काठ निकासी
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment