आफ्ना आफन्तको घरमा भइरहेको विवाहोत्सवमा सरिक हुन पुगेका एक युवकको झापामा हत्या भएको छ। लखनपुर–१ बस्ने १५ वर्षीय रबिन राईलाई शुक्रबार राति ८ बजे युवकहरुको एक समूहले कुटपिट गरेपछि उनी गम्भीर घाइते भएका थिए। उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।स्थानीय वडा नं. ५ मा आयोजित विवाहमा सरिक भएको बेला त्यस समूहले राईलाई लठ्ठी र मुङ्ग्राले कुटपिट गरेको थियो। पुरानो रिसइवीका कारण उक्त घटना घटेको बताइएको छ। यस घटनाबारे अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायबउपरीक्षक राजन अधिकारीले बताएका छन्। मृतकको शव परीक्षणका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल ल्याइएको छ।
Sunday, June 23, 2013
विवाहमा गएका एक युवक मारिए
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment