Friday, June 21, 2013

मज्जातन्त्र – व्यंग्य


२०४६ सालमा प्रजातन्त्र प्राप्त भएपछि जसको शक्ति उसैको भक्ति भनेझैा पदासिन कुर्सीका लाउकेहरूले प्रजातन्त्रलाई भाडभैलो बनाएर मज्जै लिएा । कसैले धर्नामा बसेर मज्जा लिए, कसैले जुलुस, हड्तालबाट मज्जा लिए । जुलुस निकाल्नेहरूले सार्वजनिक सम्पत्ति तोडफोड गरेर मज्जा लिए, पुलिसहरूले आन्दोलनकारीहरूको टाउकोमा लाठी बजाएर मज्जा लिए । कोही ठाउा कुठाउा बिकेर, कसैले जंगलीबाट राजनीति सिकेर मज्जा लिए, कसैले भष्ट्राचारको अभियोगमा टि.भी. मा अनुहार देखाएर मज्जा लिए । कसैले हप्तैपिच्छे नेपालबन्द गरेर मज्जा लिए, कोहीले कुर्सीकै होडबाजीको निम्ति दलहरूबीच तानातान र हानाहान गरी गरी मज्जा लिए । राजनीतिको ‘र’ नजान्नेले नेताहरूको छेउछाउमा आड लिएर मज्जा लिए, व्यापारीले अप्ठ्यारो अवस्थाको फाइदा लुटेर मौकामा चौका हान्दै मज्जा लिए ।



अवसरवादी कर्मचारीले पार्टीका र हाकिमको गुलामी गरेर मज्जा लिए, कसैलाई आफ्नो भाग खोसिएला भन्दै मलजल गर्न गएर मज्जा लिए । विकृतिहरूको भण्डाफोरलाई मज्जैले उडाउन पाएकोमा हास्यव्यङ्ग्यकार र हास्यकलाकारहरूले पनि मज्जै लिए, कसैले हकारेर, कसैले डकारेर, कसैले सकारेर पनि मज्जै लिए । कसैले बन्दुक पड्काएर, कसैले बन्दुकको गोली चड्काएर पनि मज्जै लिए । कसैले हत्या, बलात्कार, डकैती गरीगरी मज्जा लिए, कसैले आफ्नै प्यारी धर्मपत्नीलाई कोठीमा पुर्‍याएर मज्जा लिए । कसैले धेरैसँग लसपस गरेर मज्जा लिए, कोही राजनीतिबाट धोती न टोपी भएर मज्जा लिए । मास्टर र विद्यार्थीले पनि राजनीति गरी गरी मज्जा लिए, पेट्रोलको लागी किचलो र भाउ बढाएर पनि मज्जै लिए । नेपाल आयल निगम ऋणमा डुबेर, त्यहााका कर्मचारीहरू मोटाएर पनि मज्जै लिए, ड्राइभर र खलासीको सङ्घसंस्थाले मनपरी भाउ बढाएर सरकारको धज्जी उडाएर पनि मज्जै लिए । संविधानसभाको चुनावमा हार्ने कााग्रेस र एमाले पनि माओवादीले ल्याएको बहुमत देखेर खिसीट्युरी गर्दै मज्जै लिए । अन्त्यमा त संविधान नै नबनाएर सबैले मज्जा लिए ।

कसैले शिक्षालाई व्यापारी थलो बनाएरै मज्जै लिए भने कसैले २१ औं शताब्दीमा आएर पनि चटकीको चटक र सुगाले दिनदशा हेराएर पनि मज्जै लिए । फराकिलो सडकमा परेको जामको नाम बिकाएर पनि कतिले दाम असुलेर मज्जै लिए, कसैले नक्कली बन्दुककै भरमा बैंक लुटेर पनि मज्जै लिए । मेलम्चीको पानी टन्न खाएर काठमाडौाका जनताले पनि मज्जै लिए, लोडसेडिङको अन्धकारमा अपराधीकरण बढाएर प्राधिकरणले मज्जै लिए ।

हामी नेपालीहरूको प्रत्येक पाइला पाइलामा मज्जैमज्जा छ । लथालिङ्ग चाला भताभुङ्ग देश, यस्तै चालाले सबतिर वेश भनेझैा जहाा पनि मज्जै छ । तपाईंले चैा खै कसरी लिनुभयो मज्जा त्यो त मलाई थाहा छैन अरूले गरेको मज्जाको रमिता हेरेर मज्जा लिए ।

कसैले जात्रामा मात्रा मिलाएर मज्जा लिए, केही गर्न नसक्नेले दर्शक भएर मज्जा लिए । त्यस्तो मज्जा अन्त होइन हाम्रै देशमा पाइन्छ भन्नुस् तपाईंलाई कति चाहिन्छ डोकोभरि या एक छेउ कति मज्जा लिएर मज्जा गरौ, तपाईं हामी एक भएर । जय होस् मज्जातन्त्रको ।



भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment