Friday, June 21, 2013

९८ हजार वर्ष कैद सजाय भोग्न बाँकी

काठमाडौं नेपालभरका ७५ वटाजिल्ला अदालतबाट फैसला भए बमोजिम विविध प्रकृतिका मुद्दाका आरोपित कसुरदारबाट ९८ हजार ४८ वर्ष एक महिना १९ दिन कैद भुक्तानहुन बाँकी रहेको छ। आरोपित कसुरदारहरुबाट रु एक लाख १९ हजार ४३० वर्ष पाँच महिना २७ दिन कैद भुक्तान हुनुपर्नेमा गत वैशाख मसान्तसम्म २१ हजार ३८२ वर्ष चार महिना आठ दिन कैद भुक्तान भई ९८ हजार ४८ वर्ष एक महिना १९ दिन आरोपित व्यक्तिले कैद बस्नुपर्ने भएको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको हो।

फैसलापछि कसुरदार फरार हुनु, तिनको सही ठेगाना फेला पार्न नसक्नु, झुटो नाम थर र ठेगाना पेस गर्नु, व्यक्ति पहिचान हुन नसक्नु, अनुसन्धान प्रक्रिया फितलो हुनुजस्ता कारण फैसला कार्यान्वयनमा कठिनाइ भएको हो।

विसं २०६६ मा यो निर्देशनालयको स्थापना पछि नेपालभरका जिल्ला अदालतमा परेका मुद्दाको लगत यस निर्देशनालयल राख्ने गरिएको छ। फैसला बमोजिम कैद, दण्ड, जरिवाना र सरकारी बिगोसमेतको असुली केही मात्रामा बढेको त्यहाँका पदाधिकारी बताउँछन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment