बेइजिङ, चीनकी दोस्रो महिला अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षबाटै पहिलो पटक भिडियो कलबाट विद्यार्थीहरुलाई लेक्चर दिएकी छन् । राजधानी बेइजिङमा रहेका ३ सय भन्दा बढी विद्यार्थीलाई वाङले अन्तरिक्ष केन्द्रबाट शून्य गुरुत्वाकर्षणको विषयमा वर्णन गरेकी थिइन ।
उनले अन्तरिक्षमा हुने तौल र द्रव्यमानको विषयमा बुझाउन विभिन्न प्रयोग गरेर देखाएकी थिइन् । विद्यार्थीहरुले वाङसंग आफ्ना जिज्ञासाहरु पनि राखेका थिए । चीनको शिक्षा मन्त्रालयले आफ्नो पहिलो अन्तरिक्ष लेक्चरलाई करिब ६० लाख शिक्षक र विद्यार्थीले हेरेको अनुमान गरेको छ । चीनको पाचौं मानव सहितको अन्तरिक्ष मिशन सेन्जु–१० जुन २६ मा समाप्त हुने अनुमान गरिएको छ ।
भिडियो हेर्नुहोस्
0 comments:
Post a Comment