Thursday, June 20, 2013

राजतन्त्र पुनःस्थापनाको कुरा औचित्यहीन : कोइराला

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रजातन्त्रको मुटु निर्वाचन भएकाले यसलाई सबैले मनन गर्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान सभाको निर्वाचन सन्दर्भमा आज जनतामा आतुरता र चिन्ता व्याप्त रहेकाले घोषित मितिमा निर्वाचन हुने विश्वास व्यक्त गरे।

उनले संविधान सभा निर्वाचनमा कुनै पनि दलको विमति नरहेकाले निर्वाचनमा सबै दल सहभागी हुने बताए। एक प्रसङ्गमा उनले परास्त भइसकेको राजतन्त्रको पुनस्थापनाको कुृरा गर्नु औचित्यहीन भएको धारणा राखे।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment