जनकपुर, – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले तोकिएकै समयमा संविधानसभाको चुनाव हुने दावी गर्नुभएको छ ।
नेपाल प्रेस युनियनले बिहीबार जनकपुरमा गरेको कार्यक्रममा कोइरालाले चुनाव लोकतन्त्रको मुटु भन्दै मंसिर ४ गते नै चुनाब हुने दावी गर्नुभएको हो ।
मधेशी जनधिकार फोरम र संघीय समाजवादी पार्टी चुनावका लागि सहमत भैसकेको र नेकपा–माओवादी पनि सहमतिमा आउने उहाँले दावी गर्नुभयो । उनीहरुको माग सम्बोधन हुने कोइरालाले बताउनुभयो ।
कांग्रेसलाई संघीयता विरोधी भनेर प्रचार गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाँले संविधान सभाको संख्या ४ सय ९१ बाट बढाउन नहुनेमा पनि जोड दिनुभयो । चार दलबीच सहमति भैसकेको र अब त्यसलाई उल्टाउनु राजनीतिक दिवालीयापन मात्रै हुने कोइरालाले टिप्पणी गर्नुभयो ।
अरु नागरिकलाई जस्तै पूर्व राजालाई पनि हिडडुल गर्ने अधिकार रहेको भन्दै उहाँले त्यसलाई बढाइ चढाइ गर्न नहुनेमा जोड दिनुभयो ।
Friday, June 21, 2013
मंसिर ४ गते नै चुनाब हुन्छ : कोइराला
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment