Thursday, June 20, 2013

भारतमा बाढीः १ सय ५० को मृत्यु, तीर्थयात्रु अलपत्र, दिल्लीमा पनि तनाव

नयाँदिल्ली, असार ६ । भारतमा लगातारको बाढीले मृत्यु हुनेको संख्या १ सय ५० पुगेको छ । बाढीबाट उत्तराखण्ड र हिमाञ्चल प्रदेश बढी प्रभावित बनेका छन् । बाढीले भारतका चार धामको बाटो अवरुद्ध हुँदा ७५ हजार तीर्थयात्रु अलपत्र परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


भारतको क्रृषिकेश, केदारनाथलगायतका मन्दिर परिसरमा बाढीले विनाश लीला मच्चाएको छ । हिन्दूहरुको पवित्र तीर्थस्थल केदारनाथमा मन्दिरबाहेकका अरु संरचना बाढीले ध्वस्त बनाएको छ । अत्यधिक बाढीले ती क्षेत्र बगरमा परिणत भएको छ ।

केदारनाथ मन्दिर वरिपरबाट ५० वटा शव फेला परेको उद्धारकर्मीले जनाएका छन् । उत्तर प्रदेशमा पनि भारी वर्षा भएकाले उच्च सतर्कता अपनाईएको छ ।

यमुना नदीमा पानीको बहाव बढेकाले थप मानवीय क्षति हुन नदिन बस्ती नै खाली गराइएको छ । यमुना नदीका कारण राजधानी दिल्लीमा निकै सावधानी अनाइएको खबर छ ।

दिल्लीमा जताततै पानी नै पानी भएको, खतराको स्तरभन्दा माथि नदीको बहाव आएको बताइएको छ । दिल्ली सरकारले सेनासहितका सुरक्षा निकायलाई उच्च सतर्कमा रहन भनेको समाचारमा जनाइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment