Thursday, June 20, 2013

सिंगापुर र इण्डोनेसियामा वायु प्रदूषणको खतरा, आपतकालिन बैठक

सिंगापुर, असार ६ । सिंगापुर र इण्डोनेसियामा वायु प्रदूषणले नयां रेकर्ड कायम गरेपछि अधिकारीहरु आपतकालीन बैठकमा जुटेका छन् । इण्डोनेसियाको राजधानी जकार्तामा सिंगापुर र इण्डोनेसियाका वातावरण अधिकारीहरु आपतकालीन बैठकमा जुटेका हुन् । सिंगापुरको प्रदुषणले आधारभूत सुचक ३ सय ७१ नाघेको अधिकारीहरुले जनाएका छन् ।

वातावरण प्रदुषणका कारण सडकमा भिजिविलिटी कम भएको र शहरमा जलेको काठको गन्ध फैलिएको बताइएको छ । अधिकारीहरुले जनतालाई घर भित्रै बस्न र घर बाहिरका गतिविधि कम गर्न आह्वान गरेका छन् । सिंगापुरको सेनाले पनि आफ्नो बाहिरी अभ्यास स्थगित गरेको जनाएको छ । इण्डोनेसियाको दक्षिणी क्षेत्रमा पनि २ सय विद्यालय बन्द गर्न आदेश दिइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment