Friday, June 21, 2013

बैंकबाट ऋण लिएर फर्किदै गरेकी महिला लुटिइन

सर्लाही- सर्लाहीको वरहथवा स्थित कृषि विकास बैंकबाट ऋण लिएर फर्किदै गरेकी महिलाको एक लाख लुटिएको छ। शंकरपुर–९ की मैथुन खातुन बैंकबाट निकालेको एक लाख रुपैयाँसहितको झोला लिएर लुटेरा फरार भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

सडकमा पाँच/दस रुपैयाँका नोटहरू छरेर लुटेराले महिलालाई झुक्याएको प्रहरीले जनाएको छ। छरेको रुपैयाँ उठाउन खोज्दा महिलाले एक लाख रुपैया भएको झोला भुइमा राखेपछि एक जना युवा लिएर फरार भएको हो।

खातुनको श्रीमान नजिकैको पसलमा साइकल बनाउदै गर्दा पैसा लुटिएको प्रहरीले जनाएको छ। घटनाको जानकारी आउन साथ प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय प्रहरीले जनाएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment