नेपालगञ्ज, – देशका अरु क्षेत्रको तुलनामा मध्य र सुदूरपश्चिमका धेरै गरिब नागरिक रहेको पाइएको छ ।
शुक्रबार नेपालगञ्जमा केन्द्रीय तथ्याङ्क बिभागले सार्वजनिक गरेको नेपालमा गरिबीको लघुक्षेत्र अनुमान—२०६८ अनुसार मध्य र सुदूरपश्चिमका धेरैजसो जिल्लामा गरिबीको दर बढी छ ।
जिल्लागत रुपमा बाजुरामा सबैभन्दा बढी ६४.१ प्रतिशत गरिब रहेका छन् । यसैगरी बझाङमा ५६.८, दार्चुलामा ५३, कालिकोटमा ५७ प्रतिशत नागरिक गरिब छन् ।
त्यसैगरी बर्दियाको गुलरिया नगरपालिकामा ४९.६ प्रतिशत गरिब रहेका छन् । त्यसैगरी गोरखाको ल्हो तथा सामा गाविसमा ७७ प्रतिशत नागरिक गरिब छन् ।
कास्कीमा सबैभन्दा कम ४ प्रतिशत गरिब रहेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक डिल्लीराज जोशीले जानकारी दिनुभयो । तथ्याङ्क अनुसार पोखरा र बनेपा नगरपालिकामा सबैभन्दा कम १.३ प्रतिशत गरिब नागरिक रहेका छन् ।
गाविसतर्फ काठमांडौंको इचंगुनारायणमा १.३ प्रतिशत नागरिक गरिब छन् । विश्व वैंङ्कको सहयोगमा यसपटक नेपाल जीवन स्तर सर्वेक्षण २०६६/६७ र नेपालको जनगणना २०६८ लाई आधार मानी केन्द्रीय तथ्याङ्क विभागले नेपालमा गरिबीको लघुक्षेत्र अनुमान सार्वजनिक गरेको जनाएको छ ।
Friday, June 21, 2013
मध्य र सुदूरपश्चिममा आधाभन्दा बढी गरिब
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment