। नवलपरासी, असार ७ – चिनी उद्योगलाई उखु बेचेका नवलपरासीका किसानले अझै पनि भुक्तानी पाउन सकेका छैनन् ।
नयाँ उखु उत्पादन हुने समयमा यसअघि बिक्री भएको उखुको पैसा नपाउँदा घरखर्च चलाउन पनि समस्या परेको किसानहरुले गुनासो गर्न थालेका छन् ।
जिल्लाका तीन उखु मिलबाट किसानले ३० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको गुठी प्रसौनीका रामकिशन कलावरले बताउनुभयो । इन्द्रा सुगर, लुम्बिनी चिनी कारखाना, बाग्मती खाँडसारी मिलले किसानको भुक्तानी नदिएको हो ।
उखु उत्पादक संघको रोहभरमा किसानलाई भुक्तानी दिने भनेपनि अहिलेसम्म पैसा नदिएको उखु किसानहरु बताउँछन् ।
उखुको भुक्तानीका लागि जिल्ला प्रशासनमा गुहार माग्दा पनि कसैले आफूहरुको पीडा नसुनेको उनीहरु बताउँछन् ।
मिल सञ्चालकलाई किसानको भुक्तानीका लागि बोलाउँदासमेत नआएकाले समस्या सल्टिन नसकेको प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरेले बताउनुभयो । किसानले प्रशासनकै रोहभरमा पैसा पाउनुपर्ने माग राखेका छन् ।
Friday, June 21, 2013
उखु किसानले ३० करोड भुक्तानी पाएनन्
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment