काठमाडौं – मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले सुदूरपश्चिमको दार्चुलासहित देशका विभिन्न भागमा वर्षा, बाढी, पहिरोबाट भएको जनधनको क्षति र राहतबारे छलफल गर्न आकस्मिक बैठक बोलाएका छन्। बैठक अहिले उनको निवास बालुवाटारमा चलिरहेको छ।
देशका विभिन्न भागमा बाढी पहिरोबाट ठूलो क्षति भएपछि अध्यक्ष रेग्मीले बिहान ८ बजेलाई बालुवाटारमा बैठक बोलाएका हुन्। बैठकमा गृहमन्त्री, गृहसचिव, मन्त्रीहरु, सम्बन्धित मन्त्रालयका सचिव, तीनै सुरक्षा अंगका प्रमुख, रेडक्रसका अधिकारी सहभागी छन्।
बैठकमा वर्षाबाट भएको जनधनको क्षति, उद्धार र राहत सामग्री छिटो पुर्याउने विषयमा छलफल हुने तय गरिएको थियो। त्यस्तै, सम्पूर्ण प्रशासनिक संयन्त्र परिचालन गर्ने र पीडितको उद्धार र व्यवस्थापन गर्नुको साथै राहत सामग्री वितरणलाई प्रभावकारी बनाउने विषयमा बैठकले निर्णय लिने रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले बताए।







0 comments:
Post a Comment