चितवन, असार ६ । गत शनिबारबाट त्रिशुली नदीमा बेपत्ता पाँच जना मध्ये एक जनाको शव फेला परेको छ । कुरिनटारबाट बेपत्ता मोनिका रेग्मीको शव आज बिहान चितवनको कविलाश ५ केराबारीस्थित त्रिशुली नदी किनारमा फेला परेको हो । स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्था रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता अन्य चार जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता थापा र जनक राउत छन् ।
गत शनिबार चितवनको दारेचोक–३ कुरिनटारस्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।
Wednesday, June 19, 2013
त्रिशुलीमा बेपत्ता ५ मध्ये एकको शव भेटियो
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment