दार्चुला, असार ६ । महाकाली नदीमा आएको भीषण बाढीले सबैभन्दा बढी दार्चुलामा तीन हजार व्यक्ति बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी अधिकारीका अनुसार तीन सय ५० भन्दा बढी घर परिवार घरवारविहीन बनेका छन् । १३ सरकारी भवन, १०१ वटा पक्की घर, २७ वटा सुकुम्वासीका टहरा, चार वटा मठ मन्दिर बाढीमा बगेका छन् ।
ब्यापक क्षति ब्यहोरेका दार्चुलाका पीडितहरुले समयमै उद्धार र राहतमा ढिलाई गरेकामा आक्रोश व्यक्त गरेका छन् । यद्यपि, सरकाले राहत सामग्री भने दार्चुला पु-याउन थालेको छ ।
यसअघि हिजो सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरुका परिवारलाई प्रतिब्यक्ति ४० हजार रुपैयाँ राहत दिने निर्णय गरेको थियो । विपद् व्यवस्थापनबारे सरोकारवालाहरुसँग हिजो बैठक गरी सरकारले बाढी पहिरोबाट धेरै प्रभावित ११ जिल्लामा तत्काल काम थाल्ने निर्णय गरेको थियो ।
महाकाली, कर्णाली, गण्डकी, सेती जस्ता ठूला नदीमा आएको भीषण बाढीले नदी आसपासका वस्तीहरुमा व्यापक क्षति पु-याएको थियो । पश्चिम नेपालमा आएको बाढीपहिरोमा १८ जनाको मृत्यु भएको र २५ जना वेपत्ता भएको तथ्यांक सरकारको छ ।







0 comments:
Post a Comment