गर्लफ्रेण्डसँग झगडा परेपछि एक युवकले आफ्नो लिंगमा कैँची चलाए र आफ्नै लिंग च्वाट्टै काटे । कचकच गर्ने केटीलाई ‘देखाइदिने’ झोँकमा उनले आफ्नै विनाश गरे ।
ताइवानको जिलोंगमा बस्ने ती युवाले लिंग मात्र होइन अण्डकोष पनि कैँचीले काटिदिए । एक चिनिया पत्रिकामा छापिएको खबर अनुसार नाम नखुलाइएका ४६ वर्षका ती पुरुषले आफ्नो गुप्तांग काटेर ट्वाइलेटमा फ्याँकिदिए र पानीले बगाइदिए । उनलाई तत्कालै उनकी गर्लफ्रेण्डले अस्पताल लगिन् तर अत्यधिक रक्तश्रावका कारण उनको अवस्था निकै गम्भीर बनेकाले कोमामा राखेर उपचार भयो र अहिले उनको अवस्थामा केही सुधार भएको बताइएको छ ।
डाक्टरहरुका अनुसार काटेको लिंग ट्वाइलेटमा नबगाएको भए त्यो गाँस्न सम्भव हुन्थ्यो होला । तर अब उनको लिंग ठुटे भएको छ र केवल १.२ इन्चको लिंगको फेँद मात्र बाँकी छ । समाचार अनुसार अहिले उनले सोही ठुटे लिंगबाट आफै पिसाब फेर्न सक्ने भएका छन्
Monday, June 24, 2013
ताइवानको एक युवकले गर्लफ्रेण्डसँगको सामान्य झगडामा आफ्नै लिंग च्वाट्टै काटेर ट्वाइलेटमा फ्याँके!!
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment