Wednesday, June 19, 2013

अध्यक्ष रेग्मीसहितको सरकारी टोली बाढी प्रभावित सुदूरपश्चिममा

कैलाली, असार ६ । बाढी प्रभावित क्षेत्रहरुको निरीक्षण गर्न मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसहितको सरकारी टोली सुदूरपश्चिम गएको छ । दार्चुला, कञ्चनपुर, कैलाली, अछाम, बैतडी, दैलेख र कालिकोटमा बाढी, पहिरोबाट जनधनको ठूलो क्षति हुँदासमेत सरकार उदासिन भएको गुनासो बढेपछि अध्यक्ष रेग्मी आफैं निरीक्षणका लागि सो स्थानमा पुगेका हुन् ।


रेग्मीसँग गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक योजना तथा पूर्वाधार मन्त्री छविराज पन्त, गृह सचिव नवीन घिमिरेलगायतको टोली रहेको छ ।

रेग्मीले दार्चुला, कञ्चनपुर र कैलालीको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । । सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रमा अहिले पनि उद्दार र राहत वितरण जारी छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment