काठमाडौं, असार ८ – भारतमा रहेको नेपाली दूतावासले समस्यामा परेका नेपाली तथा आफन्त र परिवारजनलाई आफूसित सम्पर्क गर्न अनुरोध गरेको छ ।
चारधाम तीर्थयात्राको क्रममा अलपत्र परेका तथा बेपत्ता भएकाहरुको आवश्यक सहयोग गर्न दूतावासले यस्तो आग्रह गरेको हो ।
फोन तथा इमेलमार्फत आवश्यक जानकारी लिन दिन तथा सहयोग गर्न सकिने दूतावासले जनाएको छ । दूतावासका फोन नम्बर ००–९११–१–२३४७६२००, ९१–९९५३८९९९५४ र ००९१–९५६०४१५२२७ तथा इमेल political@nepalembassy.in र / consular@nepalembassy.inमा सम्पर्क गर्न सकिन्छ ।
भारतको विदेश मन्त्रालय, उत्तराखण्ड सरकार तथा नेपाली समुदायसँग सम्पर्क गरी तीर्थयात्रीको उद्दार गर्ने काम भैरहेको दूतावासले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भारत गएका झण्डै चारसय नेपालीमध्ये अहिलेसम्म एकसय ७६ जना सम्पर्कमा आइसकेका छन्
Friday, June 21, 2013
आफूसँगको सम्पर्कमा रहन नेपाली दूतावासको आग्रह
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment