मकवानपुर- पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भ्रमण राजनीतिक नभए पनि जनताको निराशा देखेर आफूलाई चिन्ता लागेको बताएका छन्। तराईका विभिन्न जिल्लाको भ्रमण गरी हेटौंडा आइपुगेका पूर्वराजा ज्ञानेन्द्रले जनतामा देशको राजनीतिक अवस्था देखेर निराशा छाएको बताए।
हेटौंडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उनले आफू जनतामा उनीहरुको दुःख र पीडा सुन्न गएको बताए । जनताले सबै प्रकारका समस्याहरु खुलस्त भनेको बताउँदै उनले वर्तमान राजनीतिक अवस्थाबारे जनतामा निराशा छाएको आफूले पाएको बताए । भ्रमणका क्रममा जनताले आफूलाई सुनाएको पीडा स्मरण गर्दै उनले भने, 'मलाई जनताको सामाजिक, आर्थिक र दिनका दिन हुने कामका बिषयमा चिन्ता लागेको छ ।'
उनले आफ्नो भ्रमणलाई धेरै धर्मिक भ्रमण भएको बताए। थोरै चाहिँ राजनीतिक उद्देश्य पनि छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अहिलेसम्म त धार्मिक नै थियो, बिल्कुल राजनीतिक होइन । तपाईँहरुलाई भेटपछि राजनीतिक जस्तो पनि भयो।' जनताको पीडा र अप्ठायारा सञ्चारकर्मीले बुझेको बताउँदै उनले सम्प्रेषण गरिदिन आग्रह गरे। 'तपाइँहरुलाइ नै थाहा छ, सबैतिर पुर्याइदिनुस्', उनले भने ।
मुलुकको वर्तमान अवस्थामा चुनाव हुन सक्ने या नसक्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वराजा ज्ञानेन्द्रले चुनाव हुन्छ कि हुँदैन आफूलाई थाहा नभएको बताए 'जसले चुनाव गर्न लागेका छन्, उनीहरुलाई नै सोध्नुस् चुनाव हुन्छ कि हुँदैन ।'
हेटौंडाको एभोकाडोमा केही बोर आरामपछि जम्मा भएकाहरुसँग सामूहिक भेटमा उनले जनताको कुरा चाखपूर्वक सुनेको थिए। त्यसअघि हेटौंडाको बुद्धचोकदेखि बैङ्करोडसम्म पैदल यात्रा गरी सर्वसाधारणको गुनासो सुनेका थिए। उनले आफ्नो धारणा सो क्रममा नराखे पनि स्वागत स्वीकार गर्दै सबैका कुरा सुनेका थिए । अघिपछि राप्रपा नेपालको युवा दस्ता राष्ट्रिय युवा मोर्चाको नाराबाजीसहित सुरक्षाघेरामा उनले सर्वसाधारणको गुनासो सुनेका हुन्।
ज्ञानेन्द्रको साथामा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सँगै थिए। शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्रकै नेतृत्वको सरकारमा गृहमन्त्री रहेका थापाको गृहजिल्लामा दुवै सँगै कार्याक्रममा देखिएका हुन्। राजतन्त्रको वकालत गरिरहे पनि जनआन्दोलनपछि दुवै सँगै सार्वजनिक रुपमा एकसाथ कुनै कार्यक्रममा देखिएका थिएनन्। थापाले हेटौंडाको एभोकाडोमा सामूहिक भेटपूर्व थापासँग गोप्य छलफल पनि गरेका थिए। मकवानपुरको सीमा चुरियामाई मन्दिरमा पूर्वराजा ज्ञानेन्द्रलाई थापाले स्वागत गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र हेटौंडाको शक्तिपीठहरुमा पूजा अर्चनाका लागि हेटौडा आएका थिए। उनले हेटौंडा ९ स्थित धर्म चक्रवर्ती गुम्बामामा पुगेर पूजा अर्चना गरेका छन् । मन्दिरहरुमा पुगे पनि गुम्बामै पुगेर लामा गुरुहरुबाट शान्ति स्वस्ती पूजामा उनी सहभागी भएका हुन्। गुम्बाका प्रमुख टुल्कु लामाको नेतृत्वका १२ जना लामाले मन्त्रोच्चारण गरेका थिए । गुम्बाको बारेमा भिक्षु कृष्णमान लामाले जानकारी गराएका थिए । त्यस्तै, हेटौंडा–४ स्थित कृष्णप्रमाणी मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् भने शक्तिपीठ मानिने हेटोंडाको भुटनदेवी मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन्। उनले गुम्बा र कृष्ण प्राणामी मन्दिरमा निर्माण सहयोगार्थ एक-एक लाख सहयोग गरेको भ्रमण मूल आयोजक समितिका संयोजक दीपकबहादुर सिंहले जानकारी दिए।
Monday, June 17, 2013
पूर्व राजाले भने– चुनाव हुन्छ हुँदैन उनैलाई सोध्नोस्
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment