Monday, June 24, 2013

आमा बनेको २४ घण्टामै हजुरआमा

एक महिलाले छोरी जन्माइन् र आमा बनिन् । उनी आमा बनेको २४ घण्टा नबित्दै उनकी छोरीले छोरो पाइन् र उनी हजुरआमा बनिन् । झट्ट सुन्दै अपत्यारिलो तथा अनौठो लाग्ने यो घटना वास्तविक हो र बेलायतमा घटेको हो । बेलायतकी एक महिला आमा बनेको २४ घण्टाभित्रैमा हजुरआमा बनेकी छिन् । एन्ड्री राफेर्टी नामकी ती महिलाले छोरी पाएको २४ घण्टा नबित्दै उनकी १९ वर्षकी छोरी एम्बर मूरले छोरो पाएपछि राफेर्टी हजुरआमा बनिन् ।
समाचार अनुसार बेलायतको कुम्ब्रियास्थित वेस्ट कम्बरल्याण्ड अस्पतालमा राफेर्टीले ४ किलोकी छोरी जन्माइन् । उनले छोरी पाएको अर्को दिन बिहानै राफेर्टीकी १९ वर्षकी गर्भवती छोरी एम्बर मूर अस्पतालमा भर्ना भइन् र झण्डै ३ किलोको छोरा पाइन् । एम्बरले डेलीभरी डेट भन्दा ५ हप्ता अघि नै छोरो जन्माएकी हुन् । आखिर आफ्नी आमालाई २४ घण्टाभित्रै आमा र हजुरआमा बन्ने सौभाग्य प्रदान गर्न एम्बरले आमाका लागि नाती पाइदिए जस्तो भयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment