Tuesday, June 18, 2013

वैद्य, यादव कोही नआए पनि चुनाव हुन्छ : बामदेव गौतम

काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले जति धम्कि र विरोध गरे पनि मंसिर ४ गते संविधानसभाको निर्वाचन भएरै छाड्ने दृढता ब्यक्त गरेका छन्। 'निर्वाचनको विरोधमा जानेले जनतासँग भिड्नु पर्छ। जनता उठ्दा बादशाह हारेका छन्', उनले भने।

रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बोल्दै उनले राष्ट्रको अस्तित्व नै संकटमा परेको बेला निर्वाचनको विरोध गर्नु राष्ट्रियता विरोधी काम भएको बताए। 'निर्वाचनमा अवरोध गरे सरकारले त्यसलाई दृढतापूर्वक प्रतिवाद गरेर हटाउनु पर्छ', उनले भने- 'बैद्य, यादव कोही नआए पनि चुनाव हुन्छ। भाग नलिने आफै जवाफदेही हुन्छन्।'

नेकपा–माओवादीलगायतका असन्तुष्ट दलहरुहरुले अघि सारेको माग पुरै हुन नसक्ने भन्दै उनले भने– 'संविधानसभा निर्वाचनको आधार र निर्वाचन गर्ने सरकारलाई नै नमान्नेको माग पुरा हुन सकदैन।'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment