यात्रु संख्या र कमाईका हिसावले बिश्वको आठौं र जापानको सवैभन्दा ठूलो एयरलाइन्स मानिने अल निप्पोन एयरले प्रवलसँग पोशाक डिजाइनको सम्झौता गरेको छ । उनले डिजाइन गरेका पोशाक आगामी सन् २०१४ को मध्यदेखि जहाजका परिचारिका र ग्राउण्डमा कार्यरत करिव १० हजार स्टाफले लगाउने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
यो सरदयामसम्ममा तयार भइसक्ने पोशाकको डिजाइनमा मुख्य तीनवटा अबधारणालाई ध्यान दिइएको गुरुङले बताए । पोशाकले यात्रुको नजरमा भयमुक्त, बिश्वसनीय र जापानको पाहुना सत्कार झल्काउने छ । सम्झौताबारे पुष्टी गर्दै अल निप्पोन एयरवेजका प्रवक्ताले भने- ‘गुरुङ यो पुस्ताका सवैभन्दा योग्य र सेलिब्रेटी डिजाइनर हुन् ।’
नेपालमा जन्मिएर भारत र सिंगापुरमा अध्ययन गरेका गुरुङले न्यूयोर्कलाई आफ्नो कर्मथलो बनाएका छन् । बिश्वबिख्यात पोशाक ब्राण्डहरुसँग मिलेर काम गरिसकेका गुरुङले हालै भर्जिन एटलान्टिक एयरलाइन्ससँग स्टाफको पोशाक प्रतिस्थापन गरी नयाँ बनाउन १० बर्ष लामो सम्झौता गरिसकेका छन् ।
अन्तराष्ट्रिय फेसन बजारमा बलियो स्थान बनाउने गुरुङ पहिलो नेपाली हुन्
प्रवलले डिजाइन गरेको ड्रेसमा बेलायती राजकुमारी केट ।
0 comments:
Post a Comment