नुवाकोट - नुवाकोटको सामरी गाँउ विकास समिति–५ को गोर गाँउमा बहिनीको हत्या गर्ने दाजु पक्राउ परेका छन्। गएको जेठ ३० गते राति वीरबहादुर तामाङ बहिनी १५ वर्षीया सन्तुमाया तामाङको हत्यापछि फरार रहेका थिए। उनलाई आज काठमाडौँको बालाजुबाट पक्राउ गरिएको छ। राति खाना खाएर सुतेका दाजुबहिनी सम्पर्कविहीन भएपछि छिमेकीले खोजतलास गर्दा घरभन्दा केही पर खोल्सामा सन्तुमायाको टाउको छुट्टिएको अवस्थामा शव फेला परेको थियो।
बाबुले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो। घटनापछि फरार दाजु वीरबहादुरलाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले आज बालाजुको गङ्गा हल छेउबाट पक्राउ गरेको हो।
वीरबहादुरलाई आवश्यक कानुनी कारबाहीका लागि नुवाकोट ल्याइँदैछ।
Friday, June 21, 2013
बहिनीको हत्या गर्ने दाजु पक्राउ
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment