Saturday, June 15, 2013

गायक यम बराललाई ५ दिन थुन्न आदेश


काठमाडौं — लैनचउरस्थित भेनस क्यासिनोबाट पक्राउ परेका आधुनिक गायक यम बराललाई अनुसन्धानका लागि पाँच दिन थुनामा काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। पक्राउ गायक बराल तथा भेनस क्यासिनो कर्मचारीलाई प्रहरीले जुवा ऐन अनुसार कारवाही अघि बढाउने तयारी पनि गरेको छ। सोही प्रयोजनका लागि थुनामा राखी अनुसन्धान गर्न प्रहरीले माग गरेकोमा अदालतले शुक्रबार अनुमति दिएको हो।

गए राति जुवा खेलिरहेका गायक बराल र क्यासिनो कर्मचारीलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गले पक्राउ गरेको थियो। हाल उनीहरुलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ।

नेपाल कानुन अनुसार नेपालीले क्यासिनोमा पसेर जुवा खेल्नु र खेलाउनु दुवै गैरकानुनी कार्य हुन्।
nagarik news bata sabhar 14 june

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment