काँकडभिट्टा, असार ६ - एमालेका पोलिट व्युरो सदस्य प्रदीप ज्ञवालीले असन्तुष्ट दलहरुलाई लत्याएर निर्वाचन सम्भव नहुने बताएका छन् ।
प्रेस चौतारी झापाको वाषिर्क साधारणसभालाई बिहीबार विर्तामोडमा सम्बोधन गर्दै ज्ञवालीले भने,'असन्तुष्टहरुलाई बाहिर राखेर चुनाव गर्छु भन्नु द्वन्द्व निम्त्याउनु मात्रै हो ।' ज्ञवालीले ती दलहरुलाई समेट्न सरकारले हदैसम्मको लचकता अपनाउन पनि तयार हुनु पर्ने धारणा राखे । ज्ञवालीले भने,'उनीहरुलाई समेट्न प्रधानन्याधीशले राजिनामा दिन पनि पछि हट्नु हुँदैन ।'
एमाओवादीको पछिल्लो गतिविधिले चुनावमा उसको सहभागिता नै संकास्पद बेको ज्ञवालीले बताए । 'माओवादी आफू अनुकूल परिणाम आउने गरी मात्रै चुनावमा जान चाहिरहेको छ', ज्ञवालीले भने । चुनावको पक्षमा जनमत निर्माण गर्नु अहिले आवश्यकता रहेको बताउँदै ज्ञवालीले सभासद संख्या पुनः ६ सय १ जना बनाउन नहुने जिकिर गरे । 'फेरि ६०१ सभासद बनाएर राजनीतिलाई कमाइ खाने भाँडो बनाउने पक्षमा हामी छैनौं ।'
ज्ञवालीले यस वर्षको द्रोणचार्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार माधव विद्रोहीलाई प्रदान गरे । चौतारीले स्थापना गरेको पुरस्कारको राशी १५ हजार छ । त्यस्तै नवोदित पत्रकारहरुकालागि चौतारीले स्थापना गरेको 'राइजिङ स्टार' प्रोत्साहन पुरस्कार पत्रकार सागर गौतम र टीकामाया लामिछानेलाई प्रदान गरिएको थियो ।
Thursday, June 20, 2013
असन्तुष्ट दलहरुलाई लत्याएर निर्वाचन असम्भवः ज्ञवाली -
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment