Thursday, June 20, 2013

एसएलसीमा बोर्ड फस्र्ट हटाईनु पाखण्डी प्रवत्ति : भट्टराई

काठमाडौं, असार । एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको वर्तमान शिक्षा नीति त्रुटिपूर्ण भएकाले एसएलसीमा विद्यार्थीहरुको उत्र्तीण प्रतिशत घढ्दै गएको दाबी गरेका छन् । शिक्षा नीति र प्रणालीमा समय सापेक्ष परिमार्जन हुन नसक्दा यसको मार विद्यार्थी र अभिभावकले भोग्नु परेको उनको तर्क छ ।

अखिल क्रान्तिकारीले राजधानीमा गरेको कार्यक्रममा भट्टराईले शिक्षालाई निजी र सरकारीस्तरमा विभाजित गर्ने द्धैध शिक्षाप्रणाली खारेज गर्नुपर्नेमा जोड दिए । २०२६ सालमा गोर्खाको सरकारी विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी)मा बोर्ड फस्ट भएका भट्टराईले हाल बोर्ड फस्ट घोषणा गर्ने चलन हटाउनुलाई पाखण्डी प्रवृत्तिको संज्ञा दिए ।

उनले भने–‘कि त यो अंक दिने पथा नै अन्त्य गरिदिनुस्, ग्रेष्ड सिस्टिममा जानुस्, त्यसो भएपछि को पहिलो–दोस्रो भन्ने कुरा नै आउँदैन । होइन, अंक दिने प्रणाली अपनाईन्छ भने त्यहाँ स्वतः नै धेरै अंक ल्याउने प्रथम हुन्छ ।’

उनले अगाडि भने–‘त्यसैले यो बताईदिन के आपत्ति भयो ?’

राजनीतिका कारण सार्वजनिक विद्यालयको गुणस्तर खस्किएको भन्ने आरोपको खण्डन गर्दै उपाध्यक्ष भट्टराईले राजनीतिमै लागेर समाज परिवर्तन गर्न विद्यार्थीहरुलाई आग्रह समेत गरे ।

त्यस अवसरमा यसवर्षको एसएलसीमा सर्वोत्कृष्ट हुने असिम घिमिरे, सरु श्रेष्ठ र अनमोल अघिकारीलाई सम्मान गरिएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment