काठमाडौं- सर्वोच्च अदालतले बाधा अड्काउ फुकाउ आदेश सम्बन्धमा र मन्त्रिपरिषद्का अध्यक्षविरुद्ध परेका सबै रिट निवेदनमा यही असार २० गते विशेष इजलासमा सुनुवाइ हुने भएको छ।
कामु प्रधानन्यायाधीशसहित नौं सदस्यीय विशेष इजलासले आज अधिवक्ता ओमप्रकाश अर्याल तथा बानेश्वर निवासी भरतमणिजङ्गमले बहालवाला तथा पूर्वप्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने सम्बन्धमा सरकारका तर्फबाट हालसम्म भएका र पछि गरिने कामकारबाही बदर गर्न माग गर्दै दायर गरेको रिट निवेदनको सुनुवाइ सो सम्बन्धमा परेका सबै रिट निवेदन एक साथ राखी गर्न आदेश दिएको हो।
अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, डा गोपाल सिवाकोटी चिन्तन, कञ्चनककृष्ण न्यौपाने, सुनिल रन्जनसिंहलगायत करिब १६ जनाले सो आदेश तथा प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीमा गरिएको नियुक्तिका सम्बन्धमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
Friday, June 21, 2013
बाधा अड्काउ फुकाउ र अध्यक्षविरुद्ध रिटमा असार २० गते सुनुवाइ
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment