नेपालमै पहिलोपटक मनाउन लागिएको ‘विश्व सङ्गीत दिवस’को अवसर पारेर नेपाल साङ्गीतिक संघले चार स्रष्टालाई सम्मान गर्ने भएको छ । शुक्रबार र शनिबार मनाउन लागिएको सङ्गीत दिवसको अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, गायक फत्तेमान राजभण्डारी, संगीतकार अम्बर गुरुङ, बाद्यवादक गोपालनाथ योगी सम्मानित हुदैछन् ।
गीतसंगीतको क्षेत्रमा रहेका गायक गायिका, गीतकार, संगीतकारहरुको हकअधिकारका लागि स्थापना गरिएको साङ्गीतिक संघको भर्खरै निर्वाचित नयाँ कार्यसमितिले आफ्नो पहिलो कार्यक्रमका रुपमा श्रष्टाहरुलाई सम्मान गर्न लागेको हो ।
0 comments:
Post a Comment