Monday, June 17, 2013

कुमारित्व बेच्नको लागि युवतीहरु तछाडमछाँड


पाँच वर्षअघि अस्ट्रेलियाकी एक युवतीले पढाइ खर्च जुटाउन इन्टरनेटमा आफ्नो कुमारित्व लिलामी गरेकी थिइन् । त्यसपछि कौमार्य बेच्ने टे«न्ड नै चल्यो । अहिले भने अस्टे«लियामा कुमारित्व बेच्ने रियालिटी सो प्रसारण हुने भएको छ । हो, एउटा टेलिभिजन च्यानलमा कुमारी युवतीहरूको कुमारित्वको बोली लगाइनेछ । अस्ट्रेलियाली चलचित्र निर्माता जस्टिन सिसलीले यसको


सिसलीले गत वर्ष एउटा वृत्तचित्र बनाएका थिए, जुन ब्राजिलियन छात्रा क्याटरिन मिगलियारिनी र रुसी युवती एलेक्स स्टिपनोवको जीवनमा आधारित थियो । उनीहरू दुवैले आफ्नो कौमार्य लिलामी गरेका थिए । मिगलियोरिनीले आफनो कौमर्य बापत ७ लाख ८० हजार अमेरिकी डलर पाएकी थिइन् । एकजना जापानी व्यापारीले उनको कौमार्य किनेका थिए । उता, स्पिनोवको कौमर्यको मूल्य ३ डलर मात्र थियो । वृत्तचित्रको निर्माणलगत्तै उनी विवादमा तानिएका थिए । त्यसपछि उनले कौमार्य लिलामी गर्ने रियालिटी सोबारे सोचेकी थिइन् । हफिङटन पोस्टलाई दिएको एउटा अन्तर्वार्तामा सिसलीले टेलिभिजनको एउटा मल्टिनेसनल ड्रिस्टिब्युरले यो रियालिटी सो प्रसारण गर्ने अधिकार किनेको छ ।


यो सोको नाम वीडब्ल्यू–२ राखिएको छ, जसका लागि हरेक साता विश्वभरबाट ५० भन्दा बढी आवेदन आएका छन् । यति मात्र होइन, खरिद गर्नेको समेत लाइन लागेको छ । हालसम्म आफनो कौमार्य लिलामी गर्न ३ सय ७५ जना युवतीले इमेल पठाइसकेका छन् । त्यसैगरी, उनीहरूको कौमार्य किन्न १ सय ३० जना पुरुष तयार भएका छन् ।

निर्माण थालेका हुन् । आफ्नै वृत्तचित्र वनाउँदै गर्दा उनले यस्तो आइडिया निकालेका हुन् । तर, अहिले उनी यसै कारण विवादमा छन् ।
sabhar from khabar pati

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment