४ असार, ओखलढुंगा,
ओखलढुंगा सदरमुकाम नजिकको बेतिनी गाविस–१ की ६५ वर्षीया इन्द्रकुमारी धमललाले आफूलाई जबर्जस्ती पत्नी बनाउन खोजेको भन्दै आइतबार महिला तथा बालबालिका कार्यालयमा उजुरी दर्ता गराएकी छिन् ।
उनले उजुरीमा छिमेकी गाविसका सल्लेरी ३ का एक ७५ वर्षीय वृद्धले जबर्जस्ती पत्नी बनाउन खोजेको जनाएकी छिन् ।
आफूलाई बैठक भएको भन्दै बोलाएर सल्लेरी ३ बृहस्पति बास्तोलाले जबर्जस्ती पत्नी बनाउन खोजेको धमलाको दाबी छ । केही वर्षअघि धमलाको श्रीमान्को मृत्यु भएको थियो । उनले आफू श्रीमानकै सतमा बसिरहेको भन्दै बास्तोलाले अनधिकृत सम्बन्ध कायम भएको भन्ने समेतको लाञ्छना लागई चरित्र हत्या गर्न खोजेको आरोप लगाइन् ।
‘तिमी मेरी श्रीमती हौ, तिमी र मबीच यही मसाजका सामुन्ने नाता कायम गर्नुपर्छ भन्दै बास्तालो जबर्जस्ती पत्नी कायम गर्न खोजे’ धमलाले भनेको कुरालाई उदृत गर्दै आजको नयाँपत्रिकाले खबर छापेको छ ।
khabar pati baata sabhar
0 comments:
Post a Comment