Monday, June 17, 2013

बैतडीमा एकै परिवारका चारजनाको मृत्यु, एक बेपत्ता

काठमाडौं : बैतडी जिल्लाको सिद्धेश्वर गाविस वडा नं २ खोलेखोल्सामा गएराति पहिरो जाँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । रामसिंह ऐरको घर पहिरोले पुर्दा उनीसहित पत्नी र एक छोरा र एक छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय वैतडीका असई हरिदत्त बडुले धर्तीआवाजलाई दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ टोली पठाइएको छ । सदरमुकामबाट घटनास्थल टाडा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । राति दुई बजेतिर आएको पहिरोले घरमा सुतिरहेका सबैलाई पुरेको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment