Monday, June 24, 2013

भिडियो : चलचित्रको शुटिंगमा नायिकाले नै भनिन यो त अति भयो, के पचाउलन दर्शकले

के दोष लगाउने चपली हाइटलाइ
यहाँ इज्जत उतारिन्दै छ कलाको
कहाँ चाहियो कलाकार अब एक्टिंगलाइ
यहाँ बिकाइदै छ अंग अंग नायिकाको ….

नेपाली चलचित्र रिङ्ग रोडको भर्खरै सार्बजनिक भएको शुटिंग रिपोर्ट भनिएको शुटिंग ताका रेकर्ड गरिएको एक भिडियो हेरे पछि एस्तो सोच आएको हो | हुन त चपलीले नेपाली सिनेमामा अस्लिलताको ढोका खोल्यो भनिन्छ तर किस सिन त अघि देखि नै कागबेनी लगायत अन्य केहि चलचित्रमै देखिदै आएकै हो तर पनि किन आजकल नेपाली चलचित्रहरु मा कुनै कुरा उठाउनको सट्टा खाली अस्लिल दृश्य मात्रले समय ओगेटन थालेको छ |

अहिले बन्दै आएका नेपाली चलचित्रहरु कथामा भन्दा कति बेड सिन र किस सिन दिने भन्ने कुरामा केन्द्रित हुन्छन | नायिकाको एक्टिंगलाइ हेर्ने जमाना गयो अब त कसले कति सम्म देखाउन सक्छ त्यो नै अब्बल ठानिन थालिएको छ : उदहारण को लागि चलचित्र ATM कि नायिका जिया केसीलाई हेर्नुस न, ATM मा केहि बोलेकै र देखाएकै ट्रेलरको भरमा अहिले उनीले छ्याप-छ्याप्ती नेपाली फिल्म पाउन थालेकी छिन |

रिलिज हुन पर्खाइमा रहेको चलचित्र रिङ्ग रोडले आफ्नो फिल्ममा धेरै मसला छ है भनेर दर्शकलाई तान्नको लागि शुटिंग रिपोर्ट यु ट्युब मार्फत सार्बजनिक गरेको छ | जसमा नायिका स्वयंले “यो त अत्ति भयो” भन्दै फेरी रे-टेक लियिएको दृश्य हामी देख्न सक्छौ |

के नेपाली दर्शक ले येस्तै खोजेका हुन् ? नेपाली सिनेमा चलेन भन्ने अनि खाली अस्लिल द्रिस्यहरु टन्न हालेर फिल्म बनाउने ? दर्शक को माग यस्तै फिल्म छ भने ठिकै छ नत्र अब येस्ता फिल्मलाई प्रतेक नागरिकले बहिस्कार गर्ने पर्छ |

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment