स्याङ्जा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले एकीकृत नेकपा (माओवादी) धनवादमा रोमल्लिएका कारण पार्टी विभाजित भएको बताएका छन्। जनवादको नारा लिएर सङ्घर्षमा रहेको माओवादीका नेताहरु धन सम्पत्तिको मोहमा अल्झिएपछि विभाजित भएको उनको दाबी थियो।
“दस वर्षे युद्धमा माओवादी नेताले जनतालाई बाँढेको नारा सत्तामा पुगेपछि बिर्सिए” नेपाली काँग्रेस स्याङ्जाले आज स्याङ्जाको सदरमुकाम पुतलीबजारमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै भने, “सम्पत्तिको मोहमा माओवादी फसेकै कारण मुलुकमा सङ्कट आएको हो, जनताले माओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुरामलाई सत्तामा पुर्याउनकै लागि युद्ध गरेका थिएनन्।”
सत्ता र धन सम्पत्ति मोहमा माओवादीका नेताहरु फसेकाले उनीहरु आफैं जनतासँग डराएको नेता केसीले आरोपसमेत लगाए। नेता केसीले मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिले बहुमत प्राप्त गर्नसके मुलुकमा देखिएका सबै समस्या हल भएर मुलुक सम्बृद्धितर्फ लम्कने दाबीसमेत गरे।
भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता परियारले गणतन्त्र स्थापनापछि बनेका सबै बामपन्थी नेतृत्वको सरकारले संविधानसभा र जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए।
Monday, June 17, 2013
धनवादका कारण माओवादी विभाजित : केसी
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment