राजविराज- विपद्को अत्यधिक जोखिममा रहेको सप्तरीमा बाढी र बाढीका फैलिने महामारीका कारण वर्षेनी सरदर ६० जनाले ज्यान गुमाउने गरेका छन्। जिल्ला दैवी प्रकोप उद्धार समिति तथा नेपाल रेडक्रस सोसाइटी सप्तरीले विभिन्न निकायसँग मिलेर गरेको अध्ययनले सप्तरीमा हरेक वर्ष बाढीले यो सङ्ख्यामा मानिसको मृत्यु भइरहेको देखाएको छ।
बाढी र त्यसपछि फैलिने विभिन्न प्रकारको रोगको महामारीले वर्षेनी सरदर ६० जनाले अनाहकमै ज्यान गुमाउने गर्छन्। बाढीबाट मात्र हरेक वर्ष करिब १० जनाको मृत्यु हुन्छ। बाढीपश्चात् फैलिने महामारीबाट हरेक वर्ष करिब ५० जनाको मृत्यु हुने गरेको उक्त प्रतिवदेनमा उल्लिखित छ।
जिल्लाको ३३ गाविस बाढीको उच्च जोखिममा रहेका छन्। उच्च जोखिममा रहेका ३३ गाविसका ६ हजार ४०२ परिवारका ३८ हजार ४१२ जना बाढीबाट प्रभावित हुने गरेका छन्। पैसठ्ठी परिवारका ३९० जनसङ्ख्यालाई त झन् प्रतिवर्ष बाढीका कारण विस्थापित नै हुनुपर्ने अवस्था रहेको सो प्रतिवेदनमा औँल्याइएको छ।
कोसीसहित एक दर्जन बढी नदीले सप्तरी सदरमुकाम राजविराजलगायत विभिन्न ६३ भन्दा बढी गाविसलाई प्रभाव पार्ने गरेको छ। कजरा, मुतनी, घोडदह, भलुवाही, गङ्गाजली, जिता, सुरुङ्गा, पौडा, विहुल, फाँची, सिंहेश्वर, अमहा, खाँडो, महुली र कोसी नदीले वर्षेनी ठूलो परिमाणमा धनजनको क्षति हुने गरेको प्रतिवेदनमा जनाइएको छ।
यस्तै बाढीको उच्च जोखिममा रहेको सप्तरीको ३३ गाविसमा हरेक वर्ष साढे ४ अर्ब रुपैयाँभन्दा बढीको क्षति हुने गरेको छ।
प्रतिवेदनमा भनिएको छ– पाल्तु जनावर, बालीनाली तथा अन्य सम्पत्ति गरी बाढीको उच्च जोखिममा रहेको ३३ गाविसमा प्रतिगाविस वर्षेनी १३ करोड ४२ लाख मूल्य बराबरको क्षति हुने गरेको छ।
जिल्ला विपद् उद्धार समितिका अध्यक्षसमेत रहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले मनसुनी वर्षासँगै सुरु हुने बाढीको जोखिमलाई न्यूनीकरण गर्न सबैले आ–आफ्नो स्तरबाट पहल गर्नुपर्ने बताए।
आफ्नो स्रोत र साधनले जिल्लाको सम्पूर्ण जोखिमयुक्त गाविसमा सेवा पुर्याउन नसकिने भएकाले जोखिम न्यूनीकरण, राहत तथा उद्धारको काममा सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्ने नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतको कथन छ।
Monday, June 17, 2013
बाढीबाटै सप्तरीमा वर्षको ६१ जना मर्छन्
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment