दौडिँदै सडकबाट पुल तल आएकी एक जना किशोरीले सबैका सामुन्ने हतपत पहेंलो रङको भेस्ट खोलिन र अर्धनग्न अवस्थामा निकै चिसो कर्णाली नदीमा झ्याम्म हाम फालिन्। कालो पाइन्ट र क्रिम कलरको बे्रसियरमा कर्णालीमा पौडिन थालेकी ती किशोरीलाई देख्ने विदेशी पर्यटकसमेत छक्क परे। रबड बोटमा पर्यटक लिएर आएका नेपाली युवाहरू भने हाँस्दै थिए।
पौडँदै नदीको बीच भागतिर गैरहेकी कुनै जलपरीजस्ती देखिने ती १९ वर्षीय किशोरीले कर्णाली नदीको जलयात्रामा आएका युरोपेलीहरूलाई उछिन्दै आफ्नो चाहना व्यक्त गरिन्, 'मन मिल्यो भने म त यही नदीको पानीमै आफ्नो चाहना पूरा गर्न सक्छु।' डल्फिन जस्तै डुब्दै-उत्रँदै गरेकी नेपाली किशोरी कुनै बेला बागचाल हान्थिन् भने कुनै बेला उत्तानो परेर पौडिन्थिन्।
यसअघि कहिल्यै यस्ता केटी नदेखेका कर्णाली पुल वरपरका कतिपय बासिन्दा छक्क परेर पुलमाथिबाट नियालिरहेका थिए। हेर्नेहरूमा बूढापाका त थिए नै, तर किशोर-किशोरी बढी थिए। जलयात्रामा आएका विदेशी युवती ती नेपाली किशोरीका सामुन्ने फिका देखिन्थे। चलचित्रमा देखिने यस्ता दृश्यलाई नपचाउने अनुदार र कथित सभ्य समाजका लागि उनी चुनौती दिँदै थिइन्। नदिको पानीमा भिज्दा निकै कामुक देखिएकी आकर्षक जीउडालकी किशोरी थाकेपछि बिस्तारै किनारमा आइन् र विदेशीहरूसँग हात मिलाइन्।
भिजेको पाइन्ट र ब्रेसियर नखोली त्यसैमाथि नदी किनारमा राखिएको आफ्नो भेस्ट लगाइन् अनि विदेशी पर्यटकसँगै कर्णाली पुल माथितिर लागिन्। नजिकैको एउटा होटलमा खाना खाएकी ती किशोरीले आफू दुई पूर्वगृहमन्त्रीसँग परिचित भएको समेत बताइन्।
सुर्खेत घर बताउने यी किशोरीले यसै पटक एसएलसी उत्तीर्ण गरेकी हुन्। उनलाई विभिन्न ठाउँ घुम्ने, बस्ने र खाने बिन्दास जिन्दगी मनपर्छ। उनलाई यौन सम्बन्ध सामान्यजस्तो लाग्छ। 'कुरा र मन मिल्यो भने त्यसमा के आपत्ति छ र ?' चिसो पिउँदै उनले भनिन, 'मलाई २० मिने टभन्दा बढी मन पर्दैन।' नदीमा नाङ्गै पौडिँदा तपाईंलाई लाज नभएकी केटी भने नि ? साप्ताहिकको एक प्रश्नको जवाफमा उनले भनिन्- ' केको लाज ? मैले ब्रेसियर लगाएकै थिएँ। विदेशीहरू त पूरै नाङ्गै पौडिन्छन्।'
उनले अझै दस वर्ष खुला जिन्दगी बिताउने पक्षमा रहेको बताइन्। आफ्नो जीवनशैलीमा कसैले हस्तक्षेप गरेको उनलाई पटक्कै मन पर्दैन। खुलेर कुरा गर्ने ती किशोरीले देखाएको व्यवहारले युरोपलाई उछिन्न थालेको अनुभूति हुन्थ्यो। यसअघि स्थानीय बासिन्दाले यति धेरै उदार युवती भेटेका थिएनन्। नेपालगन्ज जान हिँडेकी ती किशोरी यातायात बन्दका कारण त्यहाँ अलमलिएकी थिइन्।
पौडी खेलेको भिडियो हेर्नुहोस तल
Monday, June 24, 2013
कर्णाली नदीमा बिन्दास युवती(हेर्नुहोस भिडियो )
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment