Monday, June 24, 2013

गुम्बाबाट १५ लाखको हीराको औठी लुटियो

काठमाडौं ११ असार । एक अपराधिक समुहले पेस्तोल देखाएर गुम्बाबाट २१ लाख भन्दा बढीको धनमाल डकैती गरेको छ । फर्पिङको रेडो रिम्बोछे गुम्बामा गत साता डकैती भएको थियो । चारजनाको समुहमा गएका व्यत्तिले गुम्बाका गुरु कर्मा छ्यामे लामा र उनको परिवारलाई नियन्त्रणमा लिएर डकैती गरेका हुन । उनकी छोरी दिक्छन लामाको १५ लाख रुपैया बराबरको हिराको औठी समेत उनीहरुले लुटेको पीडितले बताएको आजको नयाँपत्रिकाले लेखेको छ ।
हीराको बहुमुल्य औठीसमेत लुटेराले लगेकाले ठूलो डकैती भएको प्रहरीको भनाई छ । घटनाको १२ दिन बितिसक्दा पनि प्रहरीले डकैतीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।

प्रहरी श्रोतका अनुसार घटनामा संलग्नहरु पेसेवर देखिएका छन । उनीहरु गुम्बाको गेटबाट नभइ कांडेतार काटेर गुरु लामा बस्ने घरनजिकबाट छिरेका थिए । प्रवेशलगत्तै पेस्तोल देखाई राति पौने एक बजेको समयमा उनीहरुले सुन र हीराको गरगहना तथा नगद लुटपाट गरेका हुन ।
परिवारका सदस्यलाई नियन्त्रणमा लिन उनीहरुले पेस्तोल देखाएका थिए । १८ हजार भारु तथा २७ हजार नेपाली रुपैया र सुनका गरगहना गरेर २१ लाख ६८ हजार आठसय रुपैया बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । लुटपाट गरेर भागेको एकघण्टापछि मात्र प्रहरीले जानकारी पाएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment